भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !

Advertisement




काठमाडौंः कांग्रेसको महामन्त्रीमा पराजित भएका युवा नेता गगन थापाले आफूलाई मत दिने तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्  

उनले नवनिर्वाचन सभापति, महामन्त्री कोषाध्यक्षलाई बधाई पनि दिएका छन् कांग्रेसको महाधिवेशनमा युवा नेता गगन महामन्त्रीमा उम्मेदवार थिए  

उनी मतपरिणाममा तेस्रो भएका हुन् महामन्त्रीमा बीपी पुत्र शशांक कोइराला निर्वाचित भएका छन्  

कांग्रेसलाई सबैको कांग्रेस बनाउने गरुत्तोर जिम्मेवारी निर्वाचित पदाधिकारीको काँधमा आएको ’, गगनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको , ‘सबैको भावना समेटी पार्टीलाई गतिशीलरुपमा अगाडि बढाउनुहुनेछ भन्ने विश्वास लिएको छु ’ 

महाधिवेशनका क्रममा आफूप्रति देखाएको स्नेह, भरोसा मार्गदर्शनलाई आफूप्रतिको विश्वासका रुपमा लिएको उनले बताए

युवा साथीहरुको साथ, अग्रजको हौसला स्नेह मेरा निम्ति प्रेरणा उर्जाका रुपमा रहने छन्उनले भनेका छन्, ‘मेरो सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति पनि त्यही हो यो विश्वासलाई मैले समाज परिर्वतनका निम्ति आफूमाथिको चुनौती जिम्मेवारीका रुपमा लिएको छु
 
गगनले पार्टी रुपान्तरण मुलुकको सम्मृद्धिका लागि आफूले अघि सारेको विषयहरु आगामी दिनमा अघि निरन्तर अघि बढाउने बताएका छन्  

युवा नेता थापाले नेपाललाई सम्मुनत नेपाली बस्न सक्ने विलक्षण सुविधायुक्त सम्मुनत घर बनाउने आधारशीला खडा गर्ने पनि प्रतिवद्धता जनाएका छन्। 

उनले कांग्रेसलाई समावेशी लोकतान्त्र संस्थागत गरेर मुलुकलाई सम्मुनतिमा लैजाने अभियानको नेतृत्व गर्ने पार्टी बनाउन पार्टी पुनर्निर्माणको आफ्नो अभियान जारी नै राख्ने बताएका छन्  

Post a Comment

 
Top