भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !
Advertisement
काठमाडौं: सरकारले विभिन्न सात प्रकारका दुुर्लभ तथा एकै ठाउँमा धेरै संख्या भएका वन्यजन्तुु स्थानान्तरण गर्ने योजना बनाएको छ । वन्यजन्तुुको संख्या बढाउँदै दिगो संरक्षणका लागि स्थानान्तरण आवश्यक भएको निष्कर्ष निकाल्दै वन तथा भूसंरक्षण मन्त्रालयले चितवनका गैंडाबाट यो अभियान सुुरु गरिसकेको छ ।
चितवनका गैंडा बर्दिया सार्नुु ठिक वा बेठिक भन्ने बहस चलिरहेका बेला सरकारले तत्कालै बाह्रसिंगा र अर्ना स्थानान्तरण गर्दैछ । यसैगरी क्रमशः घडियाल गोही, मृग तथा कृष्णसारसहित तथा थप गैंडा सार्ने योजना बनाएको छ ।
एकै ठाउँमा एउटै परिवारका धेरै संख्या हुँदा इनब्रिडिङको (परिवारभित्रैबाट बच्चा जम्मिने) सम्भावना भएकाले पनि स्थानान्तरण गर्नुुपर्ने सरकारी अधिकारीहरूको भनाइ छ । इनब्रिडिङबाट जन्मिएका वन्यजन्तुुसँग रोगसँग लड्ने क्षमता कमजोर हुुने अनुुसन्धानको निष्कर्ष छ ।
एकै ठाउँमा एउटै परिवारका धेरै संख्या हुँदा इनब्रिडिङको (परिवारभित्रैबाट बच्चा जम्मिने) सम्भावना भएकाले पनि स्थानान्तरण गर्नुुपर्ने सरकारी अधिकारीहरूको भनाइ छ । इनब्रिडिङबाट जन्मिएका वन्यजन्तुुसँग रोगसँग लड्ने क्षमता कमजोर हुुने अनुुसन्धानको निष्कर्ष छ ।
दातृ निकायको सहयोगमा राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागले बुुधबारदेखि नै गैंडा स्थानान्तरण सुुरु गरिसकेको छ । तीन वर्षमा तीस गैंडा सार्ने निर्णय सरकारले दुुई वर्षअघि नै गरिसकेको थियो । गत साता चितवनका गैंडा बर्दिया पुगिसकेका छन् ।
सरकारले बर्दिया राष्ट्रिय निकुुञ्जमा गैंडाको संख्या थोरै रहेकाले बढाउन स्थानान्तरण गरेको तर्क गरेको छ । हाल बर्दियामा ३० गैंडा छन् । यसअघि स्थानान्तरण गरिएका ८३ गैंडामध्ये २९ मात्रै बाँकी रहे ।
छोटो समयमा सबैभन्दा बढी गैंडाको चोरी सिकार बर्दिया राष्ट्रिय निकुुञ्जमा भएको थियो । सरकारले भने गैंडाको संख्या आठ सय बनाउने लक्ष्यअनुुसार काम गर्न बर्दियामा गैंडा सार्नुुको विकल्प नभएको तर्क गरेको छ । ‘गैंडाको संख्या बढाउनका लागि बर्दिया स्थानान्तरण गरिएको हो । संरक्षणका लागि विशेष ध्यान दिन्छौं,’ विभागका महानिर्देशक खरेलले भने ।
यसैगरी चितवनमा अर्नाको संख्या नभएकाले कोसीटप्पुु वन्यजन्तुु आरक्षबाट अर्ना चितवन सारिँदैछ । विभागले धेरै वर्षपहिले चितवनमा अर्ना भएको तथ्यका आधारमा कम्तीमा ५० अर्ना सार्ने योजना बनाएको हो । ‘जता सारे पनि भायबल पपुुलेसन सर्ने हो’, विभागका महानिर्देशक फडिन्द्र खरेलले भने । कम्तीमा एउटै प्रजातिका ५० जन्तुु एकै ठाउँमा भए उपयुुक्त (भायबल) मानिन्छ । यति संख्या भए वन्यजन्तुुलाई रमाउन तथा इनब्रिडिङको सम्भावना कम हुुन्छ । कोसीटप्पुुमा अर्नाको संख्या धेरै भए पनि स्थानीय बासिन्दासँग आरक्ष प्रशासनको द्वन्द्व बढिरहेको छ । स्थानीय जनाताका भैंसी र अर्नाको द्वन्द्व बढेपछि गत वर्ष सरकारले सेना परिचालन गरी केही अर्ना मारेको थियो ।
निकुुञ्जभित्रको पारिस्थितिकीय प्रणाली कायम गर्न तथा अन्य वन्यजन्तुुसहित उत्कृष्ट संरक्षण अभ्यास गर्न अर्ना सार्ने योजना बनाइएको विश्व वन्यजन्तुु कोष (डब्लूडब्लूएफ) नेपालका निर्देशक दिवाकर चापागाईंले बताए ।
त्यस्तै सरकारले बर्दियाको खैरापुुरबाट कृष्णसारलाई शुुक्लाफाँटा तथा चितवन राष्ट्रिय निकुुञ्जमा सार्ने योजना पनि बनाएको छ । यसबारे प्राविधिकहरूले विभिन्न समयमा अध्ययनसमेत गरिसकेका छन् ।
मन्त्रालयका सहसचिव तथा विभागका पूर्वइकोलोजिस्ट डा. महेश्वर ढकालका अनुुसार यीसहित पशुुपतिनाथका मृग पनि विभिन्न स्थानमा सार्ने योजना विभागले यसअघि बनाएको छ । चितवनमा रहेको गोही प्रजनन केन्द्रबाट देशैभरका नदीमा छोड्ने कार्यक्रम पनि सरकारको छ ।
उच्च हिमाली भेगमा पाइने रेडपान्डासमेत उपयुुक्त प्राकृतिक बासस्थान खोजेर स्थानान्तरण गर्नेबारे छलफल भइरहेको छ । रेडपान्डाको वास्तविक संख्या र अवस्था थाहा नभएका कारण तत्काल सार्ने सम्भावना छैन । यसैगरी सरकारले विभिन्न संस्थासँगको सहकार्यमा छिट्टै हिउँचितुुवाको वास्तविक संख्या पत्ता लगाउन अनुुसन्धान गरिरहेको छ ।
Post a Comment