काठमाडौँराष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा जातिको महान् पर्व नयाँ वर्षग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको
 
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !

Advertisement

राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा विश्व पर्वतारोहणको इतिहासमा अनेकौँ कीर्तिमान कायम गरेर संसारभरि नेपालको गौरव फैलाउने शेर्पा समुदायको यस महान् पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास शान्तिको सन्देश फैलाइ एकता, सद्भाव, मित्रता, मेलमिलाप सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्नुभएको
विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्रको शेर्पा जाति तथा समुदायको संस्कृति, भाषा, वेशभूषा परम्परा आफैँमा मौलिक, सुसंस्कृत, सम्पन्न समृृद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभएको
शेर्पा समुदायले आफ्नो परम्पराअनुसार नयाँ वर्षका रूपमा मनाउने यस पर्वले नेपाली जनताबीच बन्धुत्व, पारस्परिकता सद्भाव कायम राख्न मद्दत पु¥याउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको
सन्देशमा पर्वले सबै नेपालीमा सांस्कृतिक सचेतना अभिवृद्धि गर्न मद्दत पु¥याओस् भन्ने शुभेच्छा पनि प्रकट गरिएको रासस

Post a Comment

 
Top