ओखलढुंगा, फागुन
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !

Advertisement

२५ - ओखलढुंगाको पात्ले कात्तिकेकी फुली शेर्पाले हलो जोत्न थालेको तीन वर्ष भइसक्यो घरको सबै खेतीपातीको जिम्मेवारी उहाँकै काँधमा
श्रीमान कमाउन पर्यटकको पथ प्रर्दशकका रुपमा हिमाली क्षेत्रमा जानु भएको गाउँमा हलो जोत्ने खेतला पनि पाईंदैनन् उहाँ मात्रै होईन गाउँका धेरै महिलाले खेतीपातीको सबै काम आफैँ धान्दै आएका छन् बच्चालाई डोकामा राखेर मेलाको एक छेउमा राख्छौं अनि जोत्छौंफुलीले भन्नुभयो खेतीको काम आफैँले गर्नु पर्ने भएपछि हिजोआज उहाँ यस्ता काममा पोक्त भैसक्नु भएको
विवाहित महिला मात्रै होइन, भर्खरका युवती समेत हलो जोत्छन् बिहे गर्दा केटाहरु खेतीपाती सम्हाल्न सक्नेखालका केटी खोज्न थालेका छन्, हलो जोत्न जान्ने केटी भए बिहे गरेर घरको सबै जिम्वेवारी सुम्पिएर विदेशिन्छन्शेर्पाले भन्नुभयो गाउँमा खेति गर्न सिंचाइको सुविधा छैन आकासे पानीकै भरमा खेति गर्नुपर्छ सक्ने उमेरका पुरुष रोजगारीका लागि विदेसिएकाले मजदुर लगाएर काम गराउन सक्ने अवस्था नभएको उनीहरु बताउँछन् ।सल्लेरी गाविस की निर्मला तामाङ पनि आफैं हलो जोतेर खेति चलाउँदै आउनु भएको
सबैको घरमा उस्तै हो कामदार खोज्न कहाँ जानु ?’ हलो जोत्दै गरेका बेला उहाँले भन्नुभयो- ‘जति उब्जनी भए पनि खेतीपाती गर्नैपर्यो हलो जोत्न नसक्ने महिलाको जग्गा बाँझै रहन्छ निर्मलाका बाबु दिर्घ रोगी दाजु रोजगारीका लागि विदेश गएपछि उहाँलाई जिम्वेवारी आइलागेको हो
खेतबारी जोत्ने पुरुष गाउँमा पाउन छोडेपछि महिलाले हलो जोत्नु हुन्न भन्ने रुढीवादी परम्पपरा तोडिएको समाजमा छोरीले हलो जोत्नु हुँदैन भन्ने परम्परा भएपनि परिवारमा दाजुभाई छैनन्, वुवा पनि विदेशिएपछि हलो जोत्नु बाध्यता बाध्यता होउहाँले भन्नुभयो
ओखलढुंगाको दियाले, मोली फस्कु, फेदिगुठ, सल्लेरीलगायतका गाविसका अधिकाँस परिवारमा महिलाकै जिम्मामा खेतिपाती चलेको यी क्षेत्र सुख्खा हिमाली भेगमा पर्ने भएकाले उत्पादन कम हुँन्छ सुरुमा जोत्न कठिन भए पनि बिस्तारै बानी पर्दै गएको उनीहरुको अनुभव
गोरु नियन्त्रण गर्न, सीप पुर्याएर जोत्न, बीउ छर्कन अझै पनि केही कठिनाइ , कुन्तादेवी की शान्ता नेपालीले भन्नुभयो– ‘अलि बलिया गोरु परे भने मेलामा हिंडाउनै कठिन पर्छ
जिल्लाको कुल लाख हजार सय ६४ हेक्टर भूभागमध्ये ५९ हजार हेक्टर खेतियोग्य जमिन भएपनि हाल मुस्किलले २५ हजार हेक्टरमा खेति हुने गरेको वर्षेनी खेति गर्ने जग्गाको क्षेत्रफल घट्ने गरेकाले उत्पादन समेत घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको
 गाउँमा मलामी जाने समेत पुरुष नभएर महिला जानु पर्छ उर्जावान् युवा विदेशिएपछि गाउँमा खेतियोग्य जमिन बाँझिएका छन् भने हलो जोत्ने पुरुष घर गाउँमा नपाउँदा महिलाले नै हली मलामीको काम पनि गर्न थालेका छन्  

ओखलढुंगा, फागुन २५ - ओखलढुंगाको पात्ले–२ कात्तिकेकी फुली शेर्पाले हलो जोत्न थालेको तीन वर्ष भइसक्यो । घरको सबै खेतीपातीको जिम्मेवारी उहाँकै काँधमा छ ।
श्रीमान कमाउन पर्यटकको पथ प्रर्दशकका रुपमा हिमाली क्षेत्रमा जानु भएको छ । गाउँमा हलो जोत्ने खेतला पनि पाईंदैनन् । उहाँ मात्रै होईन गाउँका धेरै महिलाले खेतीपातीको सबै काम आफैँ धान्दै आएका छन् । ‘बच्चालाई डोकामा राखेर मेलाको एक छेउमा राख्छौं अनि जोत्छौं’ फुलीले भन्नुभयो । खेतीको काम आफैँले गर्नु पर्ने भएपछि हिजोआज उहाँ यस्ता काममा पोक्त भैसक्नु भएको छ ।
विवाहित महिला मात्रै होइन, भर्खरका युवती समेत हलो जोत्छन् । ‘बिहे गर्दा केटाहरु खेतीपाती सम्हाल्न सक्नेखालका केटी खोज्न थालेका छन्, हलो जोत्न जान्ने केटी भए बिहे गरेर घरको सबै जिम्वेवारी सुम्पिएर विदेशिन्छन्’ शेर्पाले भन्नुभयो । गाउँमा खेति गर्न सिंचाइको सुविधा छैन । आकासे पानीकै भरमा खेति गर्नुपर्छ । सक्ने उमेरका पुरुष रोजगारीका लागि विदेसिएकाले मजदुर लगाएर काम गराउन सक्ने अवस्था नभएको उनीहरु बताउँछन् ।सल्लेरी गाविस ९ की निर्मला तामाङ पनि आफैं हलो जोतेर खेति चलाउँदै आउनु भएको छ ।
‘सबैको घरमा उस्तै हो । कामदार खोज्न कहाँ जानु ?’ हलो जोत्दै गरेका बेला उहाँले भन्नुभयो- ‘जति उब्जनी भए पनि खेतीपाती त गर्नैपर्‌यो । हलो जोत्न नसक्ने महिलाको जग्गा त बाँझै रहन्छ ।’ निर्मलाका बाबु दिर्घ रोगी र दाजु रोजगारीका लागि विदेश गएपछि उहाँलाई जिम्वेवारी आइलागेको हो ।
खेतबारी जोत्ने पुरुष गाउँमा पाउन छोडेपछि महिलाले हलो जोत्नु हुन्न भन्ने रुढीवादी परम्पपरा तोडिएको छ । ‘समाजमा छोरीले हलो जोत्नु हुँदैन भन्ने परम्परा भएपनि परिवारमा दाजुभाई छैनन्, वुवा पनि विदेशिएपछि हलो जोत्नु बाध्यता बाध्यता हो’ उहाँले भन्नुभयो ।
ओखलढुंगाको दियाले, मोली फस्कु, फेदिगुठ, सल्लेरीलगायतका गाविसका अधिकाँस परिवारमा महिलाकै जिम्मामा खेतिपाती चलेको छ । यी क्षेत्र सुख्खा र हिमाली भेगमा पर्ने भएकाले उत्पादन कम हुँन्छ । सुरुमा जोत्न कठिन भए पनि बिस्तारै बानी पर्दै गएको उनीहरुको अनुभव छ ।
‘गोरु नियन्त्रण गर्न, सीप पुर्‌याएर जोत्न, बीउ छर्कन अझै पनि केही कठिनाइ छ, कुन्तादेवी ३ की शान्ता नेपालीले भन्नुभयो– ‘अलि बलिया गोरु परे भने त मेलामा हिंडाउनै कठिन पर्छ ।’
जिल्लाको कुल १ लाख ५ हजार ८ सय ६४ हेक्टर भूभागमध्ये ५९ हजार हेक्टर खेतियोग्य जमिन भएपनि हाल मुस्किलले २५ हजार हेक्टरमा खेति हुने गरेको छ । वर्षेनी खेति गर्ने जग्गाको क्षेत्रफल घट्ने गरेकाले उत्पादन समेत घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
 गाउँमा मलामी जाने समेत पुरुष नभएर महिला जानु पर्छ । उर्जावान् युवा विदेशिएपछि गाउँमा खेतियोग्य जमिन बाँझिएका छन् भने हलो जोत्ने पुरुष घर गाउँमा नपाउँदा महिलाले नै हली र मलामीको काम पनि गर्न थालेका छन् । 
- See more at: http://ujyaaloonline.com/desh-paradesh/featured/54491/halojotdai-mahila/#sthash.cTVXLB5d.dpuf

Post a Comment

 
Top