काठमाडौं, फागुन २५ – सरकारले दुई वर्षसम्म निःशुल्क मिर्गौलाको डायलासिस गर्र्ने सुविधा दिए पनि सबै बिरामी यसको पहुँचमा पुग्न सकेका छैनन् । मिर्गौलाको डायलासिस केही सीमित शहरमा मात्र केन्द्रित हुँदा दुर्गम तथा ग्रामीण क्षेत्रका विरामी अझै उपचारको पहुँचमा नपुगेका डाक्टरले बताएका छन् ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !

Advertisement

अहिले काठमाडौंसहित पोखरा, चितवन, विरटानगरलगयत केही ठाउँमा मिर्गौलाको निःशुल्क डायलासिस गर्ने सुविधा उपलब्ध गराइएको छ । तर देशका धेरै ठाउँमा यो सेवा पुग्न नसक्दा उपचार प्रभावित भएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एंव वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार डायलासिस गराउन आएकामध्ये एक तिहाई बिरामीले उपचारलाई निरन्तरता दिँदैनन् । खान, बस्न र गाडी भाडा लगायतको झन्झटले गर्दा धेरै विपन्न परिवारका बिरामी उपचारमा नै आउँदैनन् । एक पटक डायलासिस गर्दा २५ सयदेखि तीन हजार रुपैयाँसम्म खर्च हुन्छ ।
सरकारले मिर्गौलाको उपचारका लागि भन्दै गरिब तथा विपन्न परिवारका लागि एक लाख रुपैयाँ अनुदान र दुई  वर्षको डायलासिस निःशुल्क गरेको हो । मानिसको दैनिकी र जीवनशैलीमा परिवर्तन अझै नआएकाले मिर्गौलाको समस्या बढ्दै गएको डा. काफ्लेले बताउनुभयो ।
पोषणयुक्त सन्तुलित खाना खाए मिर्गौलामा समस्या नदेखिने उहाँको भनाई । यस्तै वर्षमा एक पटक मात्रै स्वास्थ्य जाँच गरे पनि मिर्गौला, मुटुमा देखिने समस्या तथा क्यान्सर जस्ता गम्भीर रोग लाग्नबाट बच्ँन सकिन्छ । नेपालमा हरेक वर्ष तीन हजार जनाको मिर्गौला फेल हुने गरेको तथ्याङ्क छ ।

Post a Comment

 
Top