खोटाङ, फागुन २५ – खोटाङमा एक युवक मृत फेला परेका छन् । एक महिना अघि बिवाह गरेका राजापानी-२ का २८ वर्षका रुद्र भनिने जीवराज गिरी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 
गिरीलाई घर नजिक रहेको स्यालफुस्रेको रुखमा झुण्डिएको अवस्थामा आफन्तले फेला पारेको प्रहरीले जनाएको छ । 
उनको एक महिना अघि मात्र सामाजिक परम्परा अनुसार बिवाह भएको थियो । पारिवारिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !

Advertisement

Post a Comment

 
Top