भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !
Advertisement
काठमाडौं, फागुन २२ - आउँदो बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बिहान ५ बजेर ५७ मिनेटमा सूर्यग्रहण सुरु
हुने भएपनि नेपालमा ६ बजेर २२ मिनेट जाँदा सूर्य उदाउने भएकाले त्यसपछि
मात्र देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा
रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
“ग्रहणको मध्यकाल बिहान ६ बजेर २७ मिनेटमा
र मोक्षकाल ७ बजेर २ मिनेटमा हुन्छ, ग्रहण बार्नेले स्पर्श हुनुभन्दा चार
प्रहरअघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने
शास्त्रीय बचन छ’ उहाँले भन्नुभयो । यस अनुसार फागुन २५ गते बेलुकी
सूर्यास्तपछि नै बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्नु नहुने समितिको
भनाई छ ।
सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा
दिने गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल पात्रो ९पञ्चाङ्ग०
मा उल्लेख गरिएको ग्रहणकै आधारमा सरकारले तत्काल निर्णय गरी सार्वजनिक
बिदा दिने गरेको बताउनुहुन्छ ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला
यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा
दिइने गरेको र यसवर्ष २६ गते बुधबार ग्याल्बो ल्होसारको बिदा परेकाले
बिदाको निर्णय गर्नुनपर्ने जानकारी दिनुभयो ।

Post a Comment