दाङ, फागुन २५ – दाङ रुपाकोटमा धामीले
तातोपानी खन्याइदिएपछि जलेर एक बृद्धा गम्भीर घाइते हुनुभएको छ ।
प्यारालाइसिस निको पार्ने भन्दै धामीले तातोपानी खन्याइदिएपछि ६० वर्षीया
थुमसरा बिक गम्भीर घाइते हुनुभएको हो ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !
Advertisement
हाँसीपुर गाविस–१ रुपाकोट बस्ने ६० वर्षकी बिकलाई दाङकै कोइलाबास बस्ने धामी कमल क्षेत्रीले उम्लिएको पानी खन्याइदिएको परिवारले जनाएको छ ।
गम्भीर घाइते भएकी बिकलाई राप्ती
उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा
लगिएकाे परिवारले जनाएको छ । आर्थिक अभावका कारण उपचारका लागी ढिलो ल्याएको
परिवारले जनाएको छ । धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment