भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !

Advertisement




काठमाडौं: पूर्वराष्ट्रपति डा. रामवरण यादवको निवासमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् मंगलबार पूर्वराष्ट्रपतिको समस्या बुझेर फर्किएको प्रधामन्त्री कार्यालयको सचिवालयका सदस्यहरूलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए  

यादवको निवासमा घरबहाल, बिजुलीपानी, पर्खाललगायतको समस्या भएको थाहा पाएपछि प्रधानमन्त्री कार्यालयबाट यससम्बन्धमा बुझ्न प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव इन्द्र भण्डारी प्रेस संयोजक चेतन अधिकारी यादव निवास पुगेका थिए स्रोतका अनुसार यादवका सचिवालयका सदस्यहरूले एक दर्जन समस्या राखेका थिए  

हाललाई भीआईपीको सेवासुविधामा कानुन नबनेकाले अहिले भएकै घरमा समस्या समाधान गर्ने नियम बनेपछि अर्को घर खोज्ने मनस्थितिमा प्रधानमन्त्री कार्यालय पुगेको स्रोतले बतायो

पूर्वराष्ट्रपतिले बिजुली, खानेपानी, पर्खाल, सुरक्षाकर्मीको आवासलगायतका समस्याबारे स्वकीय सचिवमार्फत प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहालले जानकारी दिए

पूर्वराष्ट्रपतिले राखेका समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराइएको तत्काल समस्या समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको ' दाहालले भने

Post a Comment

 
Top