भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !

Advertisement




काठमाडौं: भारतका राजदूत दीपकुमार उपाध्यायले नेपाल भित्रिने इन्धन आपूर्तिमा देखिएको असहजता हटाउन दुवै देशका सरकारी एजेन्सीबीच तत्काल प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्

नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयअन्तर्गत सेन्टर फर साउथ एसियन स्टडिजमा नेपालभारत सम्बन्धको वर्तमान अवस्थाबारे विश्वविद्यालयका केही प्राध्यापक तथा विद्यार्थीसंग मंगलबार कुराकानी गर्दै राजदूत उपाध्यायले इन्धन आपूर्तिमा सहजता नआउँदा कालोबजारी मौलाएको पेट्रोलको लामो लाइनमा बस्दा जनताले दुःख पाइरहेको बताए

नेपालमा आवश्यकताअनुसार पर्याप्त मात्रामा इन्धनको आपूर्ति व्यवस्था मिलाउन दुवै देशका सरकारी एजेन्सीहरूबीच तत्कालै समन्वय गर्न आवश्यक यसो भएमा मात्रै अहिले समानान्तर अर्थतन्त्रका रूपमा देखिएको कालोबजारी हटाउन सकिन्छ', राजदूत उपाध्यायले भने

नेपाल भारतबीच जनस्तरको ऐतिहासिक, भौगोलिक सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको राजदूत उपाध्यायले बताए नेपाल भारतका जनताबीचको सम्बन्धलाई मुटुमुटुबीचको सम्बन्धको संज्ञा दिन सकिन्छ', उपाध्यायले भनेनेपालले संविधान जारी गरेपछि द्विपक्षीय सम्बन्धमा गिरावट आउँदा जनताले सास्ती बेहोर्नुपर्यो तर हाम्रो सम्बन्ध दुवै देशले हार्ने खालको भने कहिल्यै रहन सक्दैन अब सम्बन्धमा सुधार आइसकेको '

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध सहजतातर्फ अघि बढिसकेको राजदूत उपाध्यायले बताए भ्रमणबाट नेपाल भारतका बीचमा रहेको असमझदारीसमेत अन्त्य भएको राजदूत उपाध्यायले बताए

नेपालको नयां संविधान दुईवटा संविधानसभामार्फत गरिएको लामो प्रजातान्त्रिक अभ्यासको अन्तिम प्रतिफल रहेको राजदूत उपाध्यायले बताए आन्दोलनमा उत्रेका मधेसी दलहरूको प्रमुख मागको सम्बोधन संविधान संशोधनमार्फत भइसकेको उनको भनाइ थियो

नेपाल सांस्कृतिक तथा भौगोलिक रूपमा विविधतायुक्त मुलुक भएकाले जनताबीच विभिन्न राष्ट्रिय मुद्दामा फरक मत देखिनु स्वाभाविक भएको उनले बताए लोकतान्त्रिक प्रणाली प्रक्रियाअनुसार संवादका माध्यमबाट प्रदेशको सीमांकनलगायत मधेसी दलहरूको चासो सम्बोधन गर्न उच्चस्तरीय राजनीतिक समिति गठन भइसकेको राजदूत उपाध्यायले बताए  

भूपरिवेष्टित मुलुक नेपालको ७० प्रतिशत व्यापार भारतसँग रहेको तथा सतप्रतिशत इन्धन आपूर्ति भारतबाटै हुने गरेकाले भारत हुँदै नेपालले उपयोग गर्ने पारवहनको सहजीकरणको विषय महत्वपूर्ण रहेको उनले बताए

नेपालभारत प्रबुद्ध समूहका सदस्य एवं जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामाले जनताको तहमा परिवर्तन ल्याउनका लागि देशभित्रका लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण महत्त्वपूर्ण रहेको बताए सेन्टर फर साउथ एसियन स्टडिजका प्राध्यापक पी सहदेभनको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापकहरू राजेश करात संगीता थपलियाले नेपालभारत सम्बन्धबारे धारणा राखे

Post a Comment

 
Top